चार जना चढेकाे मोटरसाइकल पिकअपमा ठोकिँदा इटहरीमा तीनको मृत्यु
उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरी, साउन ६ : सुनसरीको इटहरीमा मोटरसाइकर पिकअप भ्यानसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति इटहरी उपमहानगरपालिका–१७ काछी चौकस्थित पूर्व–पश्चिम राजमार्गमा चार जना सवार मोटरसाइक पिकअप भ्यानसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाउको छ।
पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बरको डब्लु बी ७३ ई ९११७ को पिकअपसँग पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा चढेका चारैजना घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्। उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।











