अज्ञात समूहले जुम्लामा ७ घरमा आगजनी
धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडामा कविदत्त न्यौपाने, दलिबाडामा लालचन्द्र सार्की र बिगारे गाउँमा भीमप्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी गरेको छ।
जुम्ला, साउन ६ : जुम्लामा अज्ञात समूहले स्थानीयको ७ वटा घरमा आगजनी गरेका छन्।
शुक्रबार राति जुम्लाको गुठिचौर गाउँपालिका–४ का ७ घरमा अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अज्ञात समूहले ७ वटा घरसँगै एउटा ट्याक्टरमा आगो लगाएको छ।
धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडामा कविदत्त न्यौपाने, दलिबाडामा लालचन्द्र सार्की र बिगारे गाउँमा भीमप्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी गरेको छ।
गाउँमा आतंक फैलाउने काम कसले गरिरहेको छ भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। आगजनीबाट कति क्षति भयो भन्ने अहिलेसम्म यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:२० बजे, शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार