Kathmandu Press

‘सेटिङ र मिलेमतो विना सुन तस्करी सम्भव छैन’

शनिबार विराटनगरमा उनले बिनासेटिङ, मिलेमतो सुन तस्करी सम्भव नभएको बताए।
‘सेटिङ र मिलेमतो विना सुन तस्करी सम्भव छैन’

काठमाडौं, साउन ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी सम्भव नभएको बताएका छ। शनिबार विराटनगरमा उनले बिनासेटिङ, मिलेमतो सुन तस्करी सम्भव नभएको बताए।

उनले कुन लेबलको, कुन ढंगको सेटिङ र मिलेमतो भन्ने हो भन्ने अनुसन्धान गर्नुपर्ने उल्लेख गरे। सुन बरामद प्रकरणमा अनुसन्धान जारी रहेकाले यसबारे थप टिप्पणी गर्न नहुने उनले बताए।

लामिछानेले अनुसन्धान नहुँदै गृहमन्त्रीको राजीनामा माग्नु उचित नभएको पनि उल्लेख गरे। अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले नमाग्ने बताउँदै उनले धैर्य गर्ने बताए ।

वास्तविकता थाहा पाएर गलत हो भने मात्रै आवाज उठाउने उनले बताए ।

 

प्रकाशित मिति: ११:१३ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्