Kathmandu Press

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी आउने

शनिबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी आउने

काठमाडौं, साउन ६ : हाल देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

शनिबार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षा हुनेछ। लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाको भनाइ छ।

आइतबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा देशका बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सोमबार सबै प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्