Kathmandu Press

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै, यस्ता छन् कार्यक्रम

खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री दाहाल आज इटाली जाँदै, यस्ता छन् कार्यक्रम

काठमाडौं, साउन ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ इटाली जाँदैछन्।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संगठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार साँझ इटालीको रोम जान लागेका हुन्।

रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम साउन ८ देखि १० गतेसम्म चल्ने छ।

प्रधानमन्त्री दाहालले कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन्। यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्नेछन्।

सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुने बताइएको छ। उनले साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री नेतृत्वको भ्रमण दलमा उनको स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ।

प्रधानमनत्री दहाल भ्रमण पूरा गरी प्रधानमन्त्री साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: ०९:५० बजे, शनिबार, साउन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्