Kathmandu Press

लुटेरा समूहकाे गोली प्रहारबाट धरानमा एक जनाको मृत्यु

लुटेरा समूहले विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानेको छ। लुटेराको गोलीबाट घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
लुटेरा समूहकाे गोली प्रहारबाट धरानमा एक जनाको मृत्यु

सुनसरी, साउन ५ : धरान–तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एक जनाको हत्या गरिएको छ।

लुटेरा समूहले विराटनगरका रोहित चौधरीलाई सेउती पुलमा गोली हानेको छ। लुटेराको गोलीबाट घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

धनकुटाबाट विराटनगर आउँदै गरेका चौधरीमाथि अपराह्न हतियारधारी समूहले गोली प्रहार गरी सेउती पुलमा लुटपाट गरेको थियो। लुटेरा समूहले चौधरीको मोबाइल र पैसा लुटेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्