संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्न प्रदेश प्रमुख शेरचनको जोड
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उनले संवैधानिक निकायले दिएका सुझावलाई कार्यान्वयन गरी आर्थिक अनुशासन कायम राख्नुपर्ने बताए।
रुपन्देही, साउन ५ : लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक निकायले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उनले संवैधानिक निकायले दिएका सुझावलाई कार्यान्वयन गरी आर्थिक अनुशासन कायम राख्नुपर्ने बताए।
राज्यको आवश्यकताका आधारमा संवैधानिक निकाय गठन भएको भन्दै उनले मुलुकको हितका लागि ती निकायले दिएका सुझाव सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका सदस्य जुद्धबहादुर गुरुङले अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ (क)को उपदफा १ अनुसार लुम्बिनी प्रदेश सरकारले मासिकरूपमा रकम बाँडफाँट गर्नुपर्नेमा चौमासिक÷त्रैमासिक रूपमा बाँडफाँट गरेको देखिएको बताए।
प्रकाशित मिति: २०:०० बजे, शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












