गृहमन्त्रीको राजीनामा माग्दै युवा संघले निकाल्यो मसाल जुलुस
उनीहरुले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन्। उनीहरुले सेटिङमा सुन विमानस्थलबाट छिराएको बताएका छन्।
काठमाडौं, साउन ५ : नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल गृहमन्त्रीको राजीनामा मागेको छ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै युवा संघले शुक्रबार मसाल जुलुस प्रदर्शन गरेको छ। युवा संघले शुक्रबार बानेश्वरमा मसाल जुलुस निकालेको हो।
उनीहरुले तस्करीको सुन भन्सारबाट सहज रुपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन्। उनीहरुले सेटिङमा सुन विमानस्थलबाट छिराएको बताएका छन्।

सुन तस्करी काण्डमा साना भरियाहरुलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ ।
प्रदर्शनमा सहभागीहरुले ‘सर्वसाधारणलाई कचकच तस्करलाई रजगज’, ‘सुन तस्करलाई पक्राउ गर’, ‘सेटिङमा सरकारको लस्कर, बिगबिगी सुन तस्कर’, ‘सुन तस्करलाई फाँसी दे’लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १९:०७ बजे, शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार