पहिला भरियामात्रै पक्राउ पर्थे, अब सुन मालिक नै पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री
मन्त्री किराँतीले सुन प्रकरणमा विगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए।
काठमाडौं, साउन ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन्।
नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुन प्रकरणमा विगतमा भरिया मात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए।
‘कसैलाई शक्तिका भरमा संविधान र न्याय भन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबाब दिनुपर्छ,’ उनले भने।
विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परिक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे। कुनै पनि हालतमा भ्रष्टाचार सह्य नहुने पनि उनले बताए ।
मन्त्री किराँतीले आफु मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको उल्लेख गरे।











