Kathmandu Press

‘मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ’

संघीय संसद सचिवालयले शुक्रबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तक्रिया उद्घाटन गर्दै सभामुख घिमिरेले आवश्यक कानून बनाउदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका हुन्।
‘मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्छ’

काठमाडाैं, साउन ५ : सभामुख देवराज घिमिरेले मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्।

संघीय संसद सचिवालयले शुक्रबार काठमाडौंको चन्द्रागिरिमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवं अन्तक्रिया उद्घाटन गर्दै सभामुख घिमिरेले आवश्यक कानून बनाउदै मुलुकको संघात्मक व्यवस्थालाई जनताको हितमा अधिकतम प्रयोग गर्नुपर्ने बताएका हुन्।

अहिले तीन तहको सरकार सहितको संघीय व्यवस्थालाई कार्यान्वयन गर्न विश्वका साथै नेपाली जनताले ठूलो आकांक्षाका साथ हेरिरहेको उनले बताए। सभामुख घिमिरेले संसदीय प्रणालीलाई थप मजबुद बनाउनका लागि केन्द्र तथा प्रदेशसभाहरुको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा राजनीतिक उपलव्धि भए पनि जनताले सुशासनको महशुसको अनुभूती गर्न पायो पाएन भन्ने कुरा महत्वपपूर्ण रहेको बताए।

उनले संविधान बनेपछि पनि संघीयता चाहिदैन भन्ने आवाज उठिरहेको अवस्था संघीयता पक्षधरले यसको महत्व उजागर गर्नुपर्ने र व्यहारबाटै यसको महत्व पुष्टि गर्नुपर्ने उल्लेख गर्नुभयो। संसद प्रभावकारी गर्नका लागि सभा सञ्चालन गर्नेले निष्पक्षतामा ध्यान दिनुपर्ने र सांसदहरुले पनि सिर्जनात्मक भएर प्रस्तुत हुनुपर्ने उहाको भनाइ छ।

उहाले सम्बन्धीत निकायमा बसेकाहरुले जिम्मेवारपूर्वक काम गर्न सके जनताको विश्वास जित्न सकिने र समर्थन पाउन सकिने कुरा भूल्न नहुने जिकिर गरे। 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्