Kathmandu Press

पार्टीलाई विधानअनुसार अगाडि बढाए सबै समस्य हल हुन्छ : नेता सिंह

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले पार्टीमा समस्या भयो नभनेर विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समाधान निस्कने बताए।
पार्टीलाई विधानअनुसार अगाडि बढाए सबै समस्य हल हुन्छ : नेता सिंह

काठमाडाैं, साउन ५ : कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए सबै समस्य हल हुने विश्वास व्यक्त गरेका छन्।  

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले पार्टीमा समस्या भयो नभनेर विधानले निर्देशित गरेका सबै काम गरेर अघि बढे समाधान निस्कने बताए। उनले जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने र पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्नेमा जाेड दिए। त्यसो नगरे गुनासो बाँकी रहिरहने उनकाे भनाइ थियाे। 
‘पार्टी विधान नियमअनुसार चल्नुपर्छ भन्ने कुरा आएको छ। यो त मैले १०औं महाधिवेशनदेखि भन्दै आएको छु। कार्यकताृलाई चित्तबुझ्ने ठाउँमा पुर्याउने हो भने पार्टी विधानअनुसार चलाउनुपर्छ,’ उनले भने, ‘राम्रो पर्फमेन्स गर्ने, जनता र कार्यकर्तालाई चित्त बुझ्ने अवस्थामा पुर्याउने हो भने पार्टीलाई विधानअनुसार चलाउनुपर्छ।’

२०४६ सालभन्दा अघि र पछिको पुस्तामा फरक रहेको उनले बताए। २०४६ सालपछि जसरी पनि सत्तामा पुग्नुपर्छ भन्ने मान्यता हाबी हुँदा मूल्य मान्यताको राजनीति कमजोर बनेको सिंहले बताए। चुनावमा जाँदा बनाएको घोषणापत्रअनुसार काम नभएकोतर्फ पनि सिंहले ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्