Kathmandu Press

मासले खोजिरहेको हिरो पार्टीले दिनसक्नुपर्छ : नारायण खड्का

‘जनतामा निराशा छ। विद्रोहमा जाने अवस्था छ। यो सिस्टममा क्रयाक आइसक्यो। मासले एउटा हिरो खोज्दैछ। मासले खोजिरहेको हिरो हामीले दिनसक्नुपर्छ।’
मासले खोजिरहेको हिरो पार्टीले दिनसक्नुपर्छ : नारायण खड्का

काठमाडौं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले मासले खोजिरहेको हिरो पार्टीले दिनसक्नुपर्ने बताएका छन्।

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले भने, ‘जनतामा निराशा छ। विद्रोहमा जाने अवस्था छ। यो सिस्टममा क्रयाक आइसक्यो। मासले एउटा हिरो खोज्दैछ। मासले खोजिरहेको हिरो हामीले दिनसक्नुपर्छ।’

उनले पुस्ता नभएर योगदान र भूमिकालाई ध्यान दिनुपर्ने पनि बताए। ‘अहिलेको पुस्ताको कुरा छ।  पुस्ता भनेको मनगणन्ते हो। वाइडेन ८० वर्षका हुन्। पुस्ता होइन योगदान र भूमिकालाई ध्यान दिनुपर्छ। पुस्ताको कन्सेप्टलाई उठाउनु राम्रो होइन।’

बैठकमा लिखित प्रस्ताव आउनुपर्ने धारणा पनि व्यक्त गरे। उनले पार्टीको निर्वाचन प्रणाली फेर्न सुझाव दिए। भारतीय कांग्रेस र बिजेपीमा केन्द्रीय समितिमा ३५ जना मात्रै रहेको बताए।

जतिसुकै आरोपप्रत्यारोप गरे पनि बैठक अन्त्य गर्दैगर्दा भावनात्मक एकतालाई जोड दिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्