Kathmandu Press

आरोपप्रत्यारोप गर्दा राम्रो सन्देश गएन : बलबहादुर केसी

आरोपप्रत्यारोप गर्दा राम्रो सन्देश गएन : बलबहादुर केसी

काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सभापति एउटा क्याम्प र महामन्त्री अर्को क्याम्पमा भएजसरी बहस गर्नु ठिक नभएको बताएका छन्। 

केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले बैठकमा एकअर्कालाई आरोपप्रत्यारोप गर्दा जनमानसमा राम्रो सन्देश नगएको बताए। उनले विचार कमजोर भएकाले अहिले पार्टी र कार्यकर्ता असहज अवस्थामा रहेको बताए।

‘विचार कमजोर भएको छ। कांग्रेस भनेर जनतामाझ जान सक्ने परिस्थिति छैन,’ उनले भने, ‘हामी असहज परिस्थितीमा छौं। संगठनको अवस्था कस्तो छ भनेर देखिएकै छ। ग्राउन्ड रियालिटीमा हामी सन्तुष्ट छौं? संगठन राम्रो छैन। बैठकको सन्देश राम्रो गएको छैन। सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो।’

गठबन्धनमा गइसकेकाले त्यसलाई जोगाउँदै पार्टीलाई समेत बचाउनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्