Kathmandu Press

अन्तरकलह समाप्त गरे कांग्रेस ठिकठाक हुन्छ : मीन विश्वकर्मा

‘कांग्रेस अलमलमा छ कि जस्तो लाग्छ। अलमलकै कारण अप्ठ्यारो हुन्छ। पहिले हाम्रो मष्तिस्कबाट अलमल हटाउनुपर्छ। राम्रो काम कसरी गर्ने भन्ने साेच्नु आवश्यक छ।’
अन्तरकलह समाप्त गरे कांग्रेस ठिकठाक हुन्छ : मीन विश्वकर्मा

काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले अन्तरकलह समाप्त गरे नेपाली कांग्रेस ठिकठाक हुने विश्वास व्यक्त गरेका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने, ‘नेपाली कांग्रेसलाई दुष्टदेखि डर छैन। नयाँ उम्रिएर दलबाट पनि डर छैन। हामीलाई अन्तरकलहले अप्ठ्यारो पारेको छ। अन्तरकलह समाप्त गर्‍यौं भने सबै ठिक हुन्छ। कांग्रेस अप्ठ्यारोमा छ भनेर हल्ला गर्नेहरु अभियुक्तहरु हुन् कि होइनन्। अफवाह फैलाउनु अपराध हो। त्यसाे गर्नेले क्षमा माग्नुपर्छ।’ 

उनले अलमलले कांग्रेस अप्ठेरोमा परेको पनि बताए छन्। ‘कांग्रेस अलमलमा छ कि जस्तो लाग्छ। अलमलकै कारण अप्ठ्यारो हुन्छ। पहिले हाम्रो मष्तिस्कबाट अलमल हटाउनुपर्छ। राम्रो काम कसरी गर्ने भन्ने साेच्नु आवश्यक छ।’

अदालतमा विचारधीन मुद्दामा पक्ष र विपक्षमा बहस गर्नु गलत रहेको उनले बताए।

‘सरकारका गतिविधि र भ्रष्टाचार कुरा आएका छन्। एउटालाई लान्छना लाग्यो भने पक्राउ गराउने होइन। हामीले दोषी ठहर गर्ने होइन। अरु पार्टी सदस्य जोगाउन लाग्ने होइन,’ उनले भने, ‘हामीले फैसला सुनाउने हो भने किन चाहियो अदालत? अदालतमा विचारधीन मुद्दामा हामीले पक्ष र विपक्षमा बहस गर्ने हो भने किन चाहियो अदालत?'

प्रकाशित मिति: १५:४१ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्