Kathmandu Press

टिआरसी विधेयकमा सहमति जुटाउन दुई साता म्याद थप 

पूर्वसभामुख रहेका सांसद नेम्वाङ्गले १५ दिनको समय दिनु उपयुक्त धारणा राखेका थिए। बैठकमा उपसमितिले सहमति जुटाउन गरेको प्रयास, बसेका बैठकहरूका बारेमा समितिमा जानकारी समेत गराइयो।
टिआरसी विधेयकमा सहमति जुटाउन दुई साता म्याद थप 

काठमाडौँ, साउन ५ : बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन दुई साता समय थप गरिने भएको छ। 

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकले उक्त निर्णय गरेको हो। शुक्रबार भएको वैठकमा सांसदहरू सुवास नेम्वाङ, सोविता गौतम, रामहरि खतिवडालगायतले सबै पक्षको सहमतिमा विधेयक अघि बढाउनुपर्ने धारणा राखेका थिए। सहमति जुटाउन भनेर यसअघि गठित उपसमितिलाई काम गर्न थप समय प्रदान गरिएको छ। 

पूर्वसभामुख रहेका सांसद नेम्वाङ्गले १५ दिनको समय दिनु उपयुक्त धारणा राखेका थिए। बैठकमा उपसमितिले सहमति जुटाउन गरेको प्रयास, बसेका बैठकहरूका बारेमा समितिमा जानकारी समेत गराइयो।

२१ दिनभित्र सहमति जुटाउनका लागि भन्दै गत जेठ ५ गते उपसमिति गठन गरिएको थियो। उपसमितिमा सुवास नेम्वाङ, सन्तोष परियार, महेश बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, गोमा लाभ, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा, ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर छन्। 
 
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्