फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन
फोहोर व्यवस्थापनका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले एक सय ५० हाराहारीमा प्रहरी परिचालन गरेको हो। दायाँ–बायाँ प्रहरी परिचालन गरी उपत्यकाको फोहोर बोकेको गाडी बञ्चरे डाँडातर्फ लगिएको छ।
काठमाडौं, साउन ५ : फोहोर व्यवस्थापन गर्न बाधा उत्पन्न भएपछि प्रहरी परिचालन गरिएको छ।
फोहोर व्यवस्थापनका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले एक सय ५० हाराहारीमा प्रहरी परिचालन गरेको हो। दायाँ–बायाँ प्रहरी परिचालन गरी उपत्यकाको फोहोर बोकेको गाडी बञ्चरे डाँडातर्फ लगिएको छ।
गत साउन १ गतेदेखि ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन। विभिन्न माग राखेर यतिबेला स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
गत बुधबार सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङसहित प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता भए पनि सफल नभएपछि स्थानियले आन्दोलनलाई निरन्तर दिएका हुन्।
प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार