Kathmandu Press

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्छ : जितजंग बस्नेत

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले १०० किलो सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछिएको भन्दै उनले राजीनामा मागेका हुन्।
गृहमन्त्री श्रेष्ठको राजीनामा माग्नुपर्छ : जितजंग बस्नेत

काठमाडाैं, साउन ५ : कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले १०० किलो सुन प्रकरणमा गृहमन्त्रीको पनि नाम मुछिएको भन्दै उनले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। ‘१०० किलो सुन काण्डमा माओवादी केन्द्रका नेता कृष्ण महरा, एमाले अध्यक्ष केपी ओलीको नामसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि नाम आएको बताए। उनले भने, ‘उहाँको राजीनामा माग्न जाऔं। हाम्रा नेताको नाम आउँदा जाने अहिले जाने कि नजाने?’

साथीहरु आफ्नै नेता र सभापतिलाई खुइल्याउनतिर लागेको भन्दै उनले असन्तुष्टि पनि जनाए। ‘भक्तपुरमा नारायणमान बिजुक्छेको पार्टी छ। उहाँलाई सबैलाई चिन्छन्। तर उहाँको पार्टीमा कोको छन् भन्ने थाहा छैन। हामीले आफू पपुलर भएर बनाउने त्यही सानो पार्टी हो? नेता जो पनि बन्छन् र राजनेता बन्नुपर्छ। राजनेता बन्न त्याग तपस्या चाहिन्छ।’ समस्या सिर्जना गर्ने मात्रै होइन, समधान गर्ने मान्छे राजनेता हुने उनको भनाइ थियो।
र्
कअर्कालाई गाली गर्न छाडेर पार्टीलाई बलियो बनाउन सबै जुट्नुपर्नेमा उनले जोड दिए। ‘पार्टीलाई एकजुट बनाऔं। कांग्रेसबाहेक कोही छैन यो देशमा। हाम्रै नेतालाई गाली गर्न हामी पछि पर्दैनौं। भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुखको नाम जोडियो हामी बोल्न सकेनौं। कोही बोल्न सकेनन्। २ नागरिकता र पार्सपोर्ट हुने नेताका विषयमा कोही नबोल्ने?’ उनले भने।

सरकार शून्य पर्फमेन्समा रहेको विषयमा पार्टीले सोच्नुपर्ने उनले बताए। 

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्