कांग्रेसका सांसद सुनिल शर्माले मागे अर्थमन्त्री र गृहमन्त्रीकाे राजीनामा
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
काठमाडाैं, साउन ४ : नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनितिसभा अन्तर्गतको कानुन, न्याय र मानवअधिकार समिति बैठकमा शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार र गृहमन्त्रालय अन्तर्गतको प्रहरी बिमानस्थलमा रहेको अवस्थामा सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले यस प्रकरणमा पक्ष र विपक्षका साथै कुनै दलको कुरा नहुने भन्दै अनुसन्धानलाई सहयोग गर्न दुई मन्त्रीले बाटो खुला गर्नुपर्ने जिकिर गरे। प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै उनले प्रधानमन्त्रीले चालेको कदमलाई सहयोग गर्नुपर्ने उनले बताए।
त्यस्तै बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सुन प्रकरणमा भरिया, मजदुर र कर्मचारीलाई मात्रै समातेर आँखामा छारो हाल्ने काम गर्न नहुने बताए।
उनले नेपाललाई तस्करीको भूमि बनाउने कामलाई सरकारले छानबिन गर्नुपर्ने उल्लेख गरे। खतिवडाले सुन प्रकरणको सत्यतथ्य छानविन गरि छिटोभन्दा छिटो निष्कर्ष सार्वजनिक गर्नुपर्नेमा जोड दिने।