Kathmandu Press

गृहमन्त्री श्रेष्ठ दलबलसहित विमानास्थल पुगे 

उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने पनि बताएका छन्। यसैगरी श्रेष्ठले सुन तस्करीका नाइकेलाई समात्न योजना बनाएर अघि बढ्ने पनि बताए।
गृहमन्त्री श्रेष्ठ दलबलसहित विमानास्थल पुगे 

काठमाडौं, साउन ५ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालयको दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन्। श्रेष्ठ तस्करीबाट आएको सुन  प्रकरणबारे बुझ्न केही समय अघि भन्सार कार्यालय पुगेका हुन्।

उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने पनि बताएका छन्। यसैगरी श्रेष्ठले सुन तस्करीका नाइकेलाई समात्न योजना बनाएर अघि बढ्ने पनि बताए। सुन तस्करी प्रकरणमा प्रहरीले विहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ। 

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको जनाइएको छ। नेपाल छोडेर चीन जाने तयारीमा रहेका उनलाई शंकाका आधारमा पक्राउ गरिएको हो।

विमानास्थलको भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा करिब सय किलो सुन बुधबार विभागको टोलीले बरामद गरेको थियो। सुन तक्कर गिरोहले हवाई मार्ग हुँदै ल्याइएको एक क्न्टिल सुन बरामद भएपछि प्रहरीसँगै राजस्व अनुसन्धान विभागको टोली सक्रिय बनेको छ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्