‘महामन्त्रीको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो भयो’
‘महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजिओको विसलिस्ट जस्तो लाग्यो,’ उनले भनिन्, ‘कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्टचाहीँ के तरु योभन्दा दुई तीनवटा उपलब्धीमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’काठमाडाैं, साउन ५ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन एनजिओको विसलिस्ट जस्तो भएको बताएकी छन्। उनले जारी केद्रीय कार्यसमिति बैठकमा बौल्दै महामन्त्रीको प्रतिवेदन राजनीतिक दस्तावेजका रूपमा आउला भन्ने सोचे पनि त्यस्तो नभएको बताइन्।
‘महामन्त्रीको प्रतिवेदनमा कुनै राजनीतिक दस्तावेज आउँछ होला भन्ने सोचेको थिएँ। त्यो एक एनजिओको विसलिस्ट जस्तो लाग्यो,’ उनले भनिन्, ‘कार्यक्रम धेरै गर्ने अनि त्यसो रिजल्टचाहीँ के तरु योभन्दा दुई तीनवटा उपलब्धीमुलक कार्यक्रम गरौं र त्यो परिणाममुखी बनाऔं।’
पार्टीले आफ्नो दिशा तय गर्नुपर्नेसमेत धारणा उनले राखिन्। उनले हामी सुशासनका लागि कति तयार छौं? भन्ने प्रश्न गर्दै कांग्रेसबाट पार्टीबाट मन्त्री हुनेहरुको कार्यकाल सिक्दासिक्दै सकिने बताइन्। उनले पार्टीभित्र मन्त्रालयहरु के हुन्, कसरी चलाउने, के गर्ने भन्ने विषयमा बुझ्नु र बुझाउनुपर्ने बताइन्।
पार्टीको घोषणापत्रसँग सरकारको नीति र नियमहरु कहाँ मेल खान्छ भनेर हेर्नुपर्ने र त्यही अनुसार कार्यक्रम गर्नुपर्ने उनले बताइन्। उनले संगठनका हकमा संख्या बढाएर मात्र केही नहुने पनि बताएकी छन्। क्रियाशील सदस्यता लिनुअघि प्रशिक्षण दिएर मात्र सदस्यता अप्रुभ गर्नुपर्ने उनले बताइन्। उनले भनिन्, ‘प्रशिक्षण सञ्चालन गर्नुपर्छ। प्रशिक्षणबाट पार्टी के हो, पार्टीमा किन लाग्ने भन्ने सबै बुझेपछि र प्रतिबद्ध भएपछि मात्रै क्रियाशील सदस्यता दिनुपर्छ।’
नयाँ पार्टीले सदस्यता बढायो भनेर त्यसको पछि दौडिन आवश्यक नभएको पनि उनले बताएकी छन्। उनले महिलाहरुका लागि निर्वाचन क्षेत्र छुट्याउनुपर्नेसमेत बताएकी छन्। डा. राणाले आफ्नै पार्टीलाई सार्वजनिक रुपमा आलोचना गर्ने कार्य बन्द गर्नुपर्ने बताइन् ।
‘कुनै पनि राजनीतिक असहज परिस्थिति हो, द्वापर र त्रेता युगमा पनि राजनीति सहज थिएन,’ उनले भनिन्, ‘तर अहिले पनि कलियुगमा राजनीति गर्न असहज हुन्छ भन्दै डराएर बस्नेहरुले मैदान छाडेर जानुपर्छ, जो चाहिँ म गर्छु भनेर आएको छ उनीहरुले चाहिँ वी अग्री टु डिसअग्री भनेर पनि यो राजनीतिमा पनि लागेर प्रिन्सिपल पछाडि लाग्दा मात्र हाम्रो राजनीति राम्रो हुन्छ।’
उनले कांग्रेसको भोट कांग्रेसीले नै काटेको बताइन्। कांग्रेसलाई कसैले पनि हराउन नसक्ने उनको धारणा थियो।








![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)


