सर्लाहीमा प्रहरी हिरासतमा मृत भेटिइन् महिला
चक्रघटा गाउँपालिका ८ की हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
सर्लाही, साउन ५ : जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमै एक थुनुवा महिला मृत भेटिएकी छिन्। चक्रघटा गाउँपालिका ८ की हजरत खातुनले हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।
राति १० बजे शौचालय गर्न जाँदा शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्थामा उनलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा मृत्यु भएको थियो।
साउन १ गते नेपाल भारत सीमा क्षेत्रबाठ खातुनलाई प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुनसहित नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)


