Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, केन्द्रीय सदस्यले धारणा राख्ने

बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।  हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले  धारणा राखेका थिए । 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं, साउन ५ : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् ।  हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले  धारणा राखेका थिए । 

केन्द्रीय सदस्यहरूले पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका थिए । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गर्दै आएका छन् ।

बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: ०७:२७ बजे, शुक्रबार, साउन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्