Kathmandu Press

कांग्रेसलाई ऊर्जाशील बनाउन एसी, बीसी, सीसी र डीसी जोडेर एनसी बनाउनुपर्छ : मधु आचार्य

कांग्रेसले व्यक्ति हेर्दैन एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी रहेको उनको भनाइ थियो। 
कांग्रेसलाई ऊर्जाशील बनाउन एसी, बीसी, सीसी र डीसी जोडेर एनसी बनाउनुपर्छ : मधु आचार्य

काठमाडौं, साउन ४ : कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले पार्टी पुरानै शैली र सोचाइबाट चल्न नहुने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिको आज (बिहीबार) को बैठकमा उनले भने, ‘पार्टी पुरानै शैली र सोचाइबाट चल्नुहुँदैन। केन्द्रीय समति बैठक बसेको छैन, उत्साह छैन भनेर सातै प्रदेशमा गर्यौं। साथीहरुसँग छलफल गर्‍यौं। सागथीहरुको धारणा बुझ्यौं र टिपोट गरेर बुझाएका छौं। त्यो पार्टीको पुँजी बनेको छ।’ 

कांग्रेसलाई उर्जाशील बनाउने भए एसी, बीसी, सीसी र डीसी जोडेर एनसी अपनाउनुपर्ने धारणा उनले राखे। उनका अनुसार एसी कांग्रेस एजेण्डामा आधारित कांग्रेस हुनेछ। बीसी कांग्रेसलाई उनले बेस कांग्रेसका रुपमा अर्थ लगाए। सीसी कांग्रेसअन्तर्गत क्लिन कांग्रेस भन्ने उनको बुझाइ छ। डिसी अर्थात् डिजटिल कांग्रेस बन्नुपर्ने आवश्यकतम उनले औंल्याए।

हिजो भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व कांग्रेसले गरेको बताउँदै उनले भने, ‘बहुचर्चित भ्रष्टचार काण्ड छानबिन गर्न सरकारलाई कांग्रेसले दाबाब दिनुपर्छ। आवश्यक परे सडकमा उत्रिन हामी तयार हुनुपर्छ। छानबिनको क्रममा दोषी देखिए म त यो त्यो मन्त्री राज्य, राज्य पूर्वमन्त्री, प्रधानमनन्त्री भनेर हुँदैन कारबाहीको दायर भित्र ल्याउन दबाब दिनुपर्छ।’ कांग्रेसले व्यक्ति हेर्दैन एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी रहेको उनको भनाइ थियो। 

‘एउटा नितिगत निर्णय गरौं कि अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य  दोषी देखिए तत्काल निलम्बन गरे स्वतः मानिनेछ भनौं। यसमा व्यक्ति तर्फ गइरहनुपर्छ भन्ने लाग्दैन,’ उनले भने।

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्