कांग्रेस केन्द्रीय समितिको तेस्रो दिनकाे बैठक सम्पन्न, भाेलि ११ बजे पुन: बस्ने
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरुले धारणा राखेका हुन्।
काठमाडाैं, साउन ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिनकाे बैठकमा ३५ जना सदस्यहरुले धारणा राखेका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा विभिन्न १० वटा एजेण्डामाथि सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम लगाएत ३५ जना सदस्यहरुले धारणा राखेका हुन्।
बैठकमा समसामयिक राजनीतिक, आर्थिक, सामाजिक विषयका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि धारणा राख्दै केन्द्रीय सदस्यहरुले पार्टीभित्र वादविवाद गर्नुभन्दा पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। त्यस्तै उनीहरुले मुलुकको परिवर्तनको नेतृत्व कांग्रेसले लिने गरि अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए।
मंगलबारदेखि सुरु भएको बैठकमा छलफलका लागि महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेकाे पार्टीका १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले पेस गरेकाे वार्षिक कार्ययोजनाका साथै विभिन्न समितिहरूका तर्फबाट पेस भएका प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बैठक शुक्रबार बिहान ११ बजे पुन: बस्ने कांग्रेसले जनाएको छ।

![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)