Kathmandu Press

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ 

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको जनाइएको छ। नेपाल छोडेर चीन जाने तयारीमा रहेका उनलाई शंकाका आधारमा पक्राउ गरिएको हो।
सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ 

काठमाडौं, साउन ४ : सुन तस्करी प्रकरणमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको जनाइएको छ। नेपाल छोडेर चीन जाने तयारीमा रहेका उनलाई शंकाका आधारमा पक्राउ गरिएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको छ। उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन्।

विमानास्थलको भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा करिब सय किलो सुन बुधबार विभागको टोलीले बरामद गरेको थियो।

सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको आशंका गरिएको छ। सुन तक्कर गिरोहले हवाई मार्ग हुँदै ल्याइएको एक क्न्टिल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोली सक्रिय बनेको छ।
 

प्रकाशित मिति: १६:४५ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्