‘कम्युनिष्ट शक्तिबीच एकताको खाँचो’
प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन्।
काठमाडाैं, साउन ४ : नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्ने ‘वर्तमान परिस्थिति र आगामी कार्यभार’ सम्बन्धी प्रतिवेदनमा अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच एकताको खाँचो औँल्याइएको छ।
प्रतिवेदनमा राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखा परेका विचलन, उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएको अवसरवादका विषय उल्लेख छन्।
अध्यक्ष नेपालले आज प्रस्तुत गर्ने सो प्रतिवेदनमा सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषय समेटिएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानमा गत शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म १४ नेताले धारणा राखिसकेका छन्। बैठकमा सहभागी नेताहरुले सङ्गठन सुदृढीकरण अभियानलगायत विषयमा राखेका सुझाव तथा प्रतिक्रियाको जवाफ अध्यक्ष नेपालले आज दिनेछन्।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

