Kathmandu Press

एक क्विन्टल विमानास्थलमै होल्ड रहेको आशंकामा खानतलासी 

सुन गन्तव्यमा पुर्‍याउने गरी निकालिएको आशंका गरिएको छ। ठूलो परिमाणको सुन  विभागबाट बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ।
एक क्विन्टल विमानास्थलमै होल्ड रहेको आशंकामा खानतलासी 

काठमाडौं, साउन ४ : सुन तक्कर गिरोहले हवाई मार्ग हुँदै ल्याइएको एक क्न्टिल सुन बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोली सक्रिय बनेको छ।

विमानास्थलको भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा करिब सय किलो सुन बुधबार विभागको टोलीले बरामद गरेको थियो। सुन गन्तव्यमा पुर्‍याउने गरी निकालिएको आशंका गरिएको छ। ठूलो परिमाणको सुन  विभागबाट बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ। 

राजस्व अनुसन्धान विभागको टोली पुनः छापा मार्न बिहीबार दिउँसो विमानस्थल भन्सार पुगेको छ। सुन हङकङबाट अवैध रुपमा नेपाल भित्रिएको र अझै करिव सय केजी विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली त्यहाँ पुगेको हो।

विमानस्थल भन्सारमा खानतलासी गर्ने तयारीमा विभाग छ। सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर निकालिएको आशंका गरिएको छ। बरामद उक्त सुन बुधबारै राष्ट्र बैंक लगिएको थियो।

प्रकाशित मिति: १५:३७ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्