Kathmandu Press

कांग्रेसकाे लाइभ बैठक कम्युनिष्टहरुलाई चुनौती : वामदेव गौतम

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक गरेको र उक्त कुरा कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताए।
कांग्रेसकाे लाइभ बैठक कम्युनिष्टहरुलाई चुनौती : वामदेव गौतम

काठमाडौं, साउन ४ : राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेपाली कांग्रेसले बैठक लाइभ (प्रत्यक्ष प्रसारण) गरेर कम्युनिष्टहरुलाई चुनौती दिएको बताएक छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक गरेको र उक्त कुरा कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताए।

उनले दलहरुले गोप्य रुपमा बैठक गर्नुपर्ने कुनै कारण नरहेको पनि बताएका छन्।

मंगलबारदेखि पार्टी मुख्यालय सानेपामा जारी कांग्रेस बैठकको प्रत्यक्ष प्रसारण भइरहेको छ। सभापति शेरबहादुर देउवाको प्रस्तावमा गरिएको लाइभ बैठकको पार्टीभित्र एकाध नेताहरूले विरोध जनाए सबैले सकारात्मक रूपमा लिएका छन्।

पार्टीमा मात्र नभएर अन्यत्र पनि लाइभ बैठककाे चौतर्फी चर्चा भइरहेको छ।

प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्