Kathmandu Press

नेपाली सेनाको संख्या घटाउन नहुने वामदेव गौतमकाे भनाइ

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा गौतमले सेनाले अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास रहेको भन्दै सेनाको संख्या घटाउन नहुने बताएका हुन्।
नेपाली सेनाको संख्या घटाउन नहुने वामदेव गौतमकाे भनाइ

काठमाडाैं, साउन ४ : राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउन नहुने बताएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा गौतमले सेनाले अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास रहेको भन्दै सेनाको संख्या घटाउन नहुने बताएका हुन्।

उनले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्नेमा जोड दिए। सेनाको संख्या घटाउर्दै त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउदै गौतमले अहिले संघीय संसदमा सांसदको संख्या घटाउनुपर्ने धारणा राखे।

संघीय संसद र स्थानीय तह रहेको अवस्थामा प्रदेश सभाको केहि काम नरहेको उनले बताए। गौतमले अहिलको संसद संरचना रहदासम्म नेपालको विकास हुन नसक्ने जिकिर गरे। त्यस्तै उनले कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको भन्दै कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताए।

उनले दलहरुले गोप्य रुपमा बैठक गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्