‘सुन प्रकरणमा भन्सारका कर्मचारी र प्रहरीको समेत मिलोमतोको आशंका छ’
बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा रायमाझीले भन्सारको कर्मचारी र प्रहरीको मिलेमतो विना भन्सारबाट सुन कटाउन सम्भव नहुने समेत बताए।
काठमाडाैं, साउन ४ : राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद भएको सुन प्रकरणमा भन्सारका कर्मचारी र प्रहरीको समेत मिलोमतोको आशंका गरेका छन्।
बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा रायमाझीले भन्सारको कर्मचारी र प्रहरीको मिलेमतो विना भन्सारबाट सुन कटाउन सम्भव नहुने समेत बताए। ३३ किलो सुनको प्रकरण सेलाउन नपाउदै सयौं किलो सुन बरामद हुनु लाजमर्दो कुरा भएको उनले बताए।
रायमाझीले सरकार चलाउदै छौ की तस्कर गर्दैछौ भन्दै प्रश्न गरे। ललिता निवासको काण्डमा अधिकृतलाई टिप्पणी उठाउँदा कारबाही गर्ने प्रशासन १०० किलो सुन निकाल्दा प्रहरीको उपस्थिति नदेखिएको उनले बताए। उनले मुलुकलाई अपराधिक क्रीडास्थल बनाउन खोजिएको भन्दै सरकार सचेत हुनुपर्ने धारणा राखे।
त्यसअघि बैठकको शून्य समयमा सांसद विमला घिमिरेले सुन प्रकरणमा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

