Kathmandu Press

कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिँदैन : गृहमन्त्री श्रेष्ठ

बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन्।
कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट दिँदैन : गृहमन्त्री श्रेष्ठ

काठमाडाैं, साउन ४ : उपप्रधान एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका छन्।

बिहीबार सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा आयोजित छलफल कार्यक्रममा श्रेष्ठले उपभोक्ता अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पारेका हुन्।

गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताए।

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।

उनले सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पुरा गर्न सकिने धारणा राखे। 

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्