Kathmandu Press

व्यवसायी दीपक मलहोत्राले भने- बरामद सुनमा ल्याउनमा मेरा संलग्नता छैन

सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलहोत्राले आफ्नो बारेमा आएका समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको भन्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।
व्यवसायी दीपक मलहोत्राले भने- बरामद सुनमा ल्याउनमा मेरा संलग्नता छैन

काठमाडाैं, साउन ४ : व्यवसायी दीपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ठुलो परिमाणको सुनमा आफ्नो संलग्नता नरहेको बताएका छन्।

सुन प्रकरणमा आफ्नो नाम जोडिएपछि बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलहोत्राले आफ्नो बारेमा आएका समाचार कपोकल्पित, भ्रामक र असत्य रहेको भन्दै आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।

उनले आफूले गर्ने सबै कारोबारहरु संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानूनबमोजि व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेश भई जानकारी हुने गरेको धारणा राखे।

आफू र आफ्नो परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवम् परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानूनी कुनै कारोबार गर्ने नगरेको उहाले दाबी गरे।

उनले आफ्नोबारेमा गलत समाचार लेख्ने मिडिया र पत्रकारले माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जाने पनि चेतावनी दिए। 

प्रकाशित मिति: १४:४४ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्