Kathmandu Press

विमानस्थल क्षेत्रमा बरामद गरिएको सुन टक्सार महाशाखामा लगियाे

बरामद सुनको परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो।
विमानस्थल क्षेत्रमा बरामद गरिएको सुन टक्सार महाशाखामा लगियाे

काठमाडाैं, साउन ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद गरिएको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा लगिएको छ।

बरामद सुनको परिमाण यकिन गर्न राजश्व अनुसन्धान विभागले टक्सार महाशाखामा लगेको हो। सुन करिव एकसय किलो भएको अनुमान गरिएपनि वास्तविक परिमाण यकिन भइनसकेकाले जोख्नका लागिटक्सार महाशाखामा लगिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।

८ वटा पोकामा लाहछाप लगाएर सुरक्षाकर्मी सहित सुन टक्सार लगिएको थियो।

विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गरेको थियो । अहिले उक्त सुनको मुचुल्का गर्ने काम भइरहेको छ ।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकासँगै राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन जारी राखेको छ ।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्