Kathmandu Press

मिटरब्याज सम्बन्धी विधेयकमा महान्यायाधिवक्तासँग राय लिइने 

राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बिहीवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महान्यायधिवक्ता कार्यालयको राय लिएर विधेयक अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
मिटरब्याज सम्बन्धी विधेयकमा महान्यायाधिवक्तासँग राय लिइने 

काठमाडौं, साउन ४ : राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयकमा महान्यायधिवक्तासँग राय लिने भएको छ।

राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बिहीवारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महान्यायधिवक्ता कार्यालयको राय लिएर विधेयक अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।

छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिटरब्याज सम्बन्धी विधेयक अगाडि बढाउने प्रस्ताव राखेका थिए।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले महान्यायधिवक्तालाई कार्य व्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रण गर्ने प्रस्ताव वमोजिम साउन ७ गते दिउँसो ३ बजे अर्को बैठक राखिने भएको छ। उक्त बैठकमा महान्यायधिवक्ता डा। दिनमणी पोखरेललाई आमन्त्रण गरिएको हो। 

मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि सरकारले गत वैशाखमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो।

राष्ट्रियसभाले असार १५ गते पारित गरेर प्रतिनिधिसभामा पठाएको उक्त प्रतिस्थापन विधेयक समयमा पारित हुन नसकेपछि अध्यादेश निष्क्रिय हुन पुगेको थियो। तर सरकारले सोही प्रतिस्थापन विधेयकलाई ३१ असारमा प्रतिनिधिसभाबाट संशोधनसहित सर्वसम्मतिले पारित गरेको थियो।

प्रकाशित मिति: १४:३३ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्