पदाधिकारीले फोन नउठाएकोमा पार्टी छाडेकाे गुनासोदेखि युवालक्षित कार्यक्रमको प्रस्तावसम्म
अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीलाई तदर्थवादमा राख्ने हो भने कार्यकर्ताले काम गर्ने नभई नेताका घरमा माला लगाएर सेल्फी खिचिरहेका भेटिने बताएकी छन्।
काठमाडाैं, साउन ४ : कांग्रेस केन्द्रीय समिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ। मंगलबार सुरु भएको बैठकको तेस्रो दिन आज (बिहीबार) पनि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
यसक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नारायणी रायमाझीले पार्टी पदाधिकारीहरुले फाेन नउठाएपछि नेता–कार्यकर्ताले पार्टी छाड्न थालेको बताएकी छन्। बैठकमा धारणा राख्ने क्रममा उनले जिल्लाका नगरसचिवले पदाधिकारीले फोन नउठाएको भन्दै पार्टी छाडेको बताइन्।
‘हाम्रा पदाधिकारी फोन उठाउनुहुन्न। फोन नउठेको भन्दै साथीहरुले पार्टी छाड्न थाले। हाम्रै जिल्लाका नगरसचिवले पदाधिकारीले फोन नउठाएको भन्दै पार्टी छाडे। उनी अहिले अर्को पार्टीमा छन्,’ उनले भनिन्, ‘कार्यकर्ताले नेताले फोन नउठाउँदा पार्टी छाड्ने अवस्था अवस्था आएको छ। यहाँमध्ये कसलाई आयो मलाई थाहा छैन।’
पछि सभापति शेरबहादुर देउवाले कसले भनी प्रश्न गरेका छन्। ‘कसले छाड्यो? नाम के हो?’ देउवाले सोधे। रायमाझील भनिन्, ‘सुशील ढोडारी। म अहिले नाम दिन्छु।’ अहिले कांग्रेस कमजोर बनेको बताउँदै उनले भनिन्, ‘सबै मिलेर बलियो बनाउनुपर्छ। हामीलाई खटाउनुस् हामी आफ्नै खर्चमा खटाएको काम गर्न तयार छौं।’
अर्की केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीलाई तदर्थवादमा राख्ने हो भने कार्यकर्ताले काम गर्ने नभई नेताका घरमा माला लगाएर सेल्फी खिचिरहेका भेटिने बताएकी छन्। ‘निर्वाचनअघि भ्रार्तृ संस्था र विभाग गठन भएको सहयोग हुन्थ्यो। तर हामी उल्टो बाटो हिँड्यौ। भ्रार्तृ संस्था र शुभेच्छुक संस्थालाई तदर्थवादमा राख्नहुँदैन,’ उनले भनिन्।
‘निर्वाचनबाट आएका नेतृत्व बलशाली हुन्छन् र धेरै काम गर्न सक्छन्। तदर्थवादमा राख्ने हो भने काम गर्ने होइन नेताका घरमा माला लगाएर सेल्फी खिचिरहेका भेटिनेछन्। व्यक्तिवादी प्रवृत्तिलाई प्रश्रय होइन, निस्तेज गर्नुपर्छ। अर्को निर्वाचनमा कसैको वैशाखी नटेकी जाने कांग्रेस बनाउन एकताबद्ध रुपमा अघि बढ्नुपर्छ।’
त्यसैगरी केन्द्रीय सदस्य रंगमती शाही घोषणापत्र एकातिर बजेट अर्को तिर भरहेको भन्दै प्रश्न उठाइन्। ‘प्रश्नको जवाफ दिन सकिने अवस्था छैन। मैले घोषणापत्र ल्याउने बेला सक्ने कुरा मात्रै लेखौं भनेकी हुँ। अहिले वार्षक क्यालेन्डर आएको छ। त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन शंका लागेको छ।’
समानुपातिकमा मत किन घट्यो भन्नतर्फ समीक्षा गर्नुपर्नेमा उनले जोड दिइन्। ‘चुनावअघि हामीले कसले के बोल्यौं? सप्रेको कुरा हामीले सपार्यौं भन्ने बिग्रेको कुरा सभापतिको टाउकोमा दोष थोपर्यौं। चुनावमा बागी उठ्नेलाई कारबाही गर्यौं,’ उनले भनिन्, ‘तर उm किन बागी उठ्यो भनेर कहिलै सोचेनौं। गुटको राजनीति गर्दा पार्टी कहाँ पुग्यो भनेर सोचेनौं। युवा लक्षित कार्यक्रम के ल्यायौं? ७ लाख सदस्य थप्ने योजना ल्याएका छौं तर कार्यक्रम युवामुखी छैन?’
देउवा पहिलोपटक प्रधानमन्त्री हुँदाका बच्चा अहिले भोटर भएको उल्लेख गर्दै उनले भनिन्, ‘पहिलेका कुरा भनेर हुँदैन, युवामुखी कार्यक्रम आउन जरुरी छ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

