पार्टीमा सभापति र महामन्त्रीहरूबीच समन्वय हुनुपर्छ : प्रकाश स्नेही
‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रस्ट लेखेको छ। सभापतिज्यू यो विधानमा भएको कुरा भदौ मसान्तसम्म अक्षरशः पालना गर्नुस्। बिचरा महामन्त्री भन्न चाहान्छु। विधानमा अधिकार नै रैनछ। चरी जेलैमा भनेजस्तै। तर पार्टीको उन्नयनका लागि महामन्त्री र सभापतिजीबीच समन्वय हुनुपर्छ।’
काठमाडाैं, ;साउन ४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले पार्टीमा सभापति र महामन्त्रीहरूबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन्।
मंगलबार सुरु भएको र आज तेस्रो दिनमा चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रस्ट लेखेको छ। सभापतिज्यू यो विधानमा भएको कुरा भदौ मसान्तसम्म अक्षरशः पालना गर्नुस्। बिचरा महामन्त्री भन्न चाहान्छु। विधानमा अधिकार नै रैनछ। चरी जेलैमा भनेजस्तै। तर पार्टीको उन्नयनका लागि महामन्त्री र सभापतिजीबीच समन्वय हुनुपर्छ।’
संसदीय व्यवस्थामा रहेका राजनीतिक दलको अस्तित्व जनताको विश्वास जितेको दिनसम्म मात्र जीवित रहने बताए। उनले विदेशमा जन्मेकाहरुले ‘नेपालमा पढ्न जाऔं भन्ने वातावरण बनाउन सबै लाग्नुपरनेमा जोड दिए। जनआन्दोलनमा सभापति जेलमा भएका बेला जन्मिएको बच्चा अहिले मतदाता बनेको बताउँदै उनले भने, ‘ऊ अहिले पढ्न विदेश जाने तयारीमा छ। तर विदेशमा जन्मेकाहरु नेपालमा पढ्न जाने भन्ने बनाउने कहिले?’ उनले भने।
उनले कांग्रेसले कायकर्ताका लागि मात्र नभएर जनताका लागि राजनीति गर्नुपर्ने धारणा उनले राखे। ‘हामी ८ लाख ६६ हजार कार्यकर्ताका लागि मात्रै राजनीति गरिरहेका छौं कि २ करोड जनताका लागि पनि गरिरहेका छौं,’ उनले भने। उनले महामन्त्रीको कार्ययोजनामा महिला हिंसा र सामाजिक न्यायका विषय बोल्न नसकेको। सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचारका विषयमा कानमा रुइ हाल्छ भन्ने सन्देश फैलिरहेको उनको भनाइ थयिो। ‘यो क्यालेन्डरमा शुसील कोइरालाका नाममा एक साता लामो भ्रष्टाचार विरोधी अभियान संचालन गर्नु जरुरी छ,’उनले भने। एक वर्षसम्म बैठक नबसेको कुरालाई कुनै केन्द्रीय सदस्यले ठिक छ भन्न नसक्ने उनको भनाइ थियो।
आम नागरिकमा र कार्यकर्तामा निराशा हटाएर आशा जगाउने काम तीन तहका सरकार रहेको उनीहरूहो। ‘हामी नयाँ पार्टीलाई ठेगान लगाउँछौं, तपाईंहरुले आफ्नो काम गर्नुस्।’









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

