सुन भित्रिएको घटना छानबिन गर्न भन्सार विभागले बनायो समिति, जाँचपास गर्ने कर्मचारीलाई निलम्बन गरिने
अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा भन्सार विभागले छानबिन समित गठन गरेको हो।
काठमाडौं, साउन ४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन भित्रिएको घटनाको छानविन गर्न भन्सार विभागले समिति बनाएको छ।
अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा भन्सार विभागले छानबिन समित गठन गरेको हो। विभागका अनुसार समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ।
जाँचपासमा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।
भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्णमा जिम्मवार हुने भएकाले उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । जाँचपासको सामान बाहिर लैजान गेटपास पनि जाँचकीले नै बनाउनुपर्छ।
जाँचपासपछि मंगलबार साँझ ट्याक्सीमा राखेर विमानस्थल भन्सार बाहिर पु¥याएको सुन राजस्व अुनसन्धान विभागले बरामद गरेको थियो।
विशेष सूचनाको आधारमा भन्सार परिसर पुगेको राजस्वको टोलीले ट्याक्सी चालकसहति तत्काल दुई जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि अनुसन्धानको क्रममा हालसम्म ६ जना पक्राउ परिसकेका छन्।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

