एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुने र आजै टुंग्याउने तयारी रहेको छ । शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो।
काठमाडौं, साउन ४ : सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ ।
बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुने र आजै टुंग्याउने तयारी रहेको छ । शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो।
त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ। यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।
त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए।
मन्त्रीहरूको कार्यव्यस्ताका कारण बैठक बीचबीचमा स्थगित गर्नुपरेको थियो । एकीकृत समाजवादीको सचिवालय १५ सदस्यीय छ।
प्रकाशित मिति: ०८:१८ बजे, बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)