Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।  बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । 
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं, साउन ४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

मंगलबारबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।  बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् । 

बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य धारणा राखेका थिए । अधिंकाश केन्द्रीय सदस्यले पार्टी चलाउने जिम्मेवारी सभापति देउवाको मात्र नरहेको भन्दै बचाउ गरेका थिए भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीविरुद्ध असन्तुष्टि जनाउने अधिकांश संस्थापन निकट केन्द्रीय सदस्यहरू छन् । 

प्रकाशित मिति: ०७:५४ बजे, बिहीबार, साउन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्