त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
विभागका अनुसार ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने बताईएको छ । सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र खुल्ने छ ।
काठमाडौं, साउन ४ : राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ ।
विभागका अनुसार ८० देखि १०० किलोको बीचमा रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने बताईएको छ । सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्र खुल्ने छ ।
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको छ । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बतायो ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।
प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)