Kathmandu Press

भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काइएको छ। बाँकी संरचना पनि भत्काउने महानगरकाे याेजना छ।
भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं, साउन ३ : उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेकाे छ। न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो। अदालतले ८ साउनमा दुवै पक्षलाई छलफलमा बोलाएको छ।

काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काइएको छ। बाँकी संरचना पनि भत्काउने महानगरकाे याेजना छ।

तर महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो।

प्रकाशित मिति: १८:४० बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्