Kathmandu Press

पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी थिए। 
पूर्वराष्ट्रपति भण्डारीले हेरिन् ‘बगान’

काठमाडाैं, साउन ३ : एकल आमाको जीवन, संघर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन्। मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेको प्रतिक्रिया दिइन्। पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'चलचित्र राम्रो बनेको रहेछ। कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ।'

विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी थिए। 

Hardik ivf

चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक बनेको बताइन्। उनले भने, 'नारीले भोगिरहेको जीवनलाई पर्दामार्फत समाज र परिवारलाई बुझाउने प्रयास गरिएको छ। यो परिवारका सदस्यहरू एकसाथ आएर हेर्नुपर्ने चलचित्र बनेको छ।'

उनीझैँ अभिनेता केसीले पनि चलचित्रले उठाएको विषयसँगै निर्देशक खनालको तारिफ गरे। 'आफैँमा परिपक्व कलाकारले विषय छनोटमा पनि परिपक्वता देखाए। धेरै ठाउँमा मैले आँसु नै रोक्न सकिनँ। नवअभिनेत्री कार्कीले राम्रो सम्भावना देखाउनु भएको छ', अभिनेता केसीले भन्नुभयो। 

अभिनेता आचार्यले निर्देशकीय पाटोमा अभिनेता खनालको राम्रो सुरुआत भएको बताए। उनले भने, 'कलाकारिताका तीन दशक बिताइसकेर निर्देशकीय यात्रा प्रारम्भ गर्दा धेरै कुरा सोच्नु पर्छ। यद्यपि खनालजीले आफ्नो अनुभवलाई पर्दामा देखाउन सफल हुनुभएको छ। यसका केहि दृश्यले हृदयनै  छुन्छ।'

आगन्तुकबाट  तारिफ पाउँदा निर्देशक खनाल उत्साहित थिए। 'हाम्रो उद्देश्य सामाजिक विषयलाई पर्दामार्फत समाजसम्म पु¥याउने थियो। सफल भएका छौँ। यो चलचित्र निर्माण गरेर सर्जकको दायित्व निर्वाह गरेका छौँ', उनले भने। 

निर्देशक खनालले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि चलचित्रको स्वरूप दिएका हुन्। चलचित्रमा नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।

स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन्। प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ।

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्