Kathmandu Press

फोहोर व्यवस्थापनका लागि बसेको बैठक निष्कर्षविहीन 

काठमाडौँ महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको जनाइएको छ। पुनः काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुगिने भएको छ। 
फोहोर व्यवस्थापनका लागि बसेको बैठक निष्कर्षविहीन 

काठमाडौँ, साउन ३ : ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बुधबार पनि बिनानिष्कर्ष सकिएको छ।

समस्याको निकास खोज्न शहरी विकास मन्त्री सीता गुरुङ, नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासी सहित बैठक बसेको थियो। काठमाडौँ महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको जनाइएको छ। पुनः काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुगिने भएको छ। 

काठमाडौँ उपत्यकाको फोहोर मैला विसर्जन गरिँदै आएको बन्चरेडाँडामा दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरुले फोहोरको गाडीहरु रोकिरहेका छन्। आफ्ना माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ। छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरु फैलिएकाले स्थानीयहरुलाई बस्न अफठ्यारो भएकोलगायत समस्या राखिएको थियो। 

झिँगा नियन्त्रण र माटो क्यापिङका लागि महानगरसँग बसेर निचोडमा पुग्नुपर्ने भएकाले निचोडमा पुग्न नसकिएको जनाइएको छ। मन्त्री गुरुङसँगको वैठकपछि फोहोरका कारण बस्नसक्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न विहीवारदेखि नै प्राविधिक खटाउने सहमती भएको छ। इआईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थान्तरण गरिनेछ। 

वातावरण प्रभाव मूल्याङ्कनको लागि नास्टका वैज्ञानिक डा.भोजराज पन्तको अध्यक्षतामा फिल्डमा प्राविधिक खटाइने भएको छ। अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौँ उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने अडानमा स्थानियबासी छन्। 
 

प्रकाशित मिति: १७:४४ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्