एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार राति कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
काठमार्डाैं, साउन ३ : एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार राति कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन्। अध्यक्ष ओली मंगलबार राति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका हुन्। उनी यही साउन ८ गते स्वदेश फर्कनेछन्।
प्रकाशित मिति: १७:२२ बजे, बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)