महामन्त्री विश्वप्रकाशलाई केशवकुमारकाे प्रश्न- 'हु आर यु? के गर्दै हुनुहुन्छ तपाईं?'
उनले कृष्णप्रसाद सिटौलामाथि पनि टिप्पणी गरे। 'संविधान बनाउँदा नेतृत्वमा हुनुहुन्थ्यो। सभामुखले मत हालेर बहुमत पुर्याएर सरकार बनाउन मिल्छ? कांग्रेसले टुलुटुलु हेरेर बस्ने। चिफ मिस्टर मान्ने कि ठिक छैन भनेर भन्ने?'
काठमाडाैं, साउन ३ : केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा जिल्ला सभापतिले १० जनाको समिति र ५३ जनाको सल्लाहकार बनाउँदा पनि माैन बसेकाे भन्दै महामन्त्री विश्वप्रकाश शर्मामाथि टिप्पणी गरेका छन्।
कांग्रेस केन्द्रीय समितिकाे बैठकमा आफ्नो धारणा राख्दै उनले भने, 'झापा जिल्ला सभापतिले १०० जनाको समिति र ५३ जनाको सल्लाहकार बनाएको छ। विधानले दिन्छ? महामन्त्री जिल्लाको नेता टुलुटुलु हेरेर बस्न मिल्छ? हु आर यु? के गर्दै हुनुहुन्छ तपाईं? ननसेन्स।'
उनले कृष्णप्रसाद सिटौलामाथि पनि टिप्पणी गरे। 'संविधान बनाउँदा नेतृत्वमा हुनुहुन्थ्यो। सभामुखले मत हालेर बहुमत पुर्याएर सरकार बनाउन मिल्छ? कांग्रेसले टुलुटुलु हेरेर बस्ने। चिफ मिस्टर मान्ने कि ठिक छैन भनेर भन्ने?'
उनले सभापति र महामन्त्रीहरुलाइ संगठन बनाउने कुरा के हाे भने कुरा के हो? भनी प्रश्न उठाए। 'हामीले चिफ मिनिस्टर मान्ने हो कि होइन? भातृसंस्था कोसँग सल्लाह गरेर बनाउनुभयो? सबैले छोरा छोरी हाल्नुभएछ। मेरो पनि छोरा राखिदिनुपर्यो। महिला संघ बनाउनुभयो भने मेरी श्रीमती बनाइदिनुपर्यो,' उनले भने।
प्रदेश नामकारणमा कांग्रेस केही नबाेलेकाे भनी असन्तुष्टि पाेखे। 'हामी किन बोलेनौं पार्टी कहाँ छ? ओलीले कोशी प्रदेश नाम राखे, हामी लहैलहैमा लाग्यौं। आज कोही नेता गाउँ जान सकेका छैनन्। महामन्त्रीजीको प्रतिवेदनमा खै कुरा आएको, सभापतिको कुरा के हो? पहिचान सहितको नाम मागिरहेका छन्। कांग्रेस चुप लागेर बसेको छ। आन्दोलनकारीसँग बसेर सल्लाह नगर्ने हो भने चुनावमा नगए हुन्छ,' उनले भने।
समय सकिएपछि पनि रोचक संवाद भयाे। 'समय सक्कियो तपाईंको। भयो क्या अब,' देउवाले भने। 'ल राख्नुस् न तपाईँको,' बुढाथाेकीले भने। देउवाले बस्नुस् न त तपाइ भनेपछि बुढाथाेकीले 'के चाहिँ गर्नुहुन्छ र?' भन्ने जवाफ फर्काएका थिए।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

