Kathmandu Press

साँगामा बस दुर्घटना हुँदा सातजना घाइते

धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा.३ ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
साँगामा बस दुर्घटना हुँदा सातजना घाइते

काभ्रे, साउन ३ : भक्तपुरको साँगामा यात्रुवाहक बस भिरबाट खस्दा सातजना घाइते भएका छन्।

धुलिखेलबाट काठमाडौं जाँदै गरेको बा.३ ख ९३९६ नम्बरको बस साँगानजिकै झोलुंगे पुलमुनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई मध्यपुर अस्पताल र तीनजनालाई युवामुरा अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:२९ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्