पार्टीमा एकअर्कालाई गाली गरेर राम्रो बन्न खाेज्नेतिर काेही लाग्नुहुन्न : रामहरि खतिवडा
वार्षिक क्यालेन्डर कार्यान्वयन भए कांग्रेस स्वर्ण युगमा जाने बताए। वार्षिक क्यालेन्डरमा राखेर महासमिति बैठक एक वर्षभित्र गर्न सके अझ राम्रो हुने उनकाे भनाइ थियाे।
काठमाडौं, साउन ३ : कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले सभापित, महामन्त्रीलाई गाली गरेर पार्टी बलियो नबन्ने बताएका छन्। कांग्रेस केन्द्रीय समितिकाे बैठकमा आफ्नो धारणा राख्दै उनले गाली गरेर राम्रो बन्न खाेज्नेतिर काेही लाग्न नहुनेमा उनले जाेड दिए।
'हामी आफैंभित्र चर्का कुरा गर्छौं, गाली गर्छौं। यसको अन्त्य कसरी गर्ने?' उनले भने, 'महामन्त्रीलाई कसैले गाली गर्दा पार्टी बलियो हुँदैन। सभापतिलाई गाली गर्दा पार्टी बलियो हुँदैन। गाली गरेर राम्रो बन्न नखोजौं।' गुटका कुराले पार्टी बलियो नहुने उनको भनाइ थियो।
वार्षिक क्यालेन्डर कार्यान्वयन भए कांग्रेस स्वर्ण युगमा जाने बताए। वार्षिक क्यालेन्डरमा राखेर महासमिति बैठक एक वर्षभित्र गर्न सके अझ राम्रो हुने उनकाे भनाइ थियाे।
बैठक लाइभ गर्ने सुरुवात राम्रो भएकाे उनले बताए। पार्टी र देशको मन्त्री भएर राम्राे काम गर्न उनले अनुराेध गरे। काेही पनि वडामा सीमित हुन नहुनेमा उनले जाेड दिए। २०८४ सालको चुनावबारे चर्चा चलेकाे बताउँदै उनले उपनिर्वाचनमा हामी पराजित भएपछि एकअर्कालाई दाेषाराेपणभइरहेकाे उनले बताए। 'एकअर्कालाई गाली गर्दै हिँडेर २०८४ को चुनाव जितिन्छ?' उनले भने।
संयमित भएर पार्टीलाई एक बनाएर लैजान खोजेकाे भन्दै उनले संस्थापन इत।का नेता शेखर कोइरालालाई धन्यवाद पनि दिए।'
संसद जानुअघि छलफल गरेर गए सदनमा दह्रो भएर प्रस्तुत हुन सकिने उनले बताए। 'संसद्मा सभापति यदाकदा जाने, उपसभापतिहरु मन्त्री रहेकाले ककम जाने, महामन्त्रीहरु छिनछिनमा देखा पर्ने गर्दा प्रतिपक्षले कसरी हल्लाउँछन् भन्ने देख्नुभएको छ?' उनले भने।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

