Kathmandu Press

प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्याे

सिंहदरबारमा बुधबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।
प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्याे

काठमाडौँ, साउन ३ : विभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ। 

सिंहदरबारमा बुधबार बसेको संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित राजदूतको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र उनीहरुको नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली सूचना वा उजुरी दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। त्यस्तै उनले उजुरी आह्वान सम्बन्धी सूचना प्रकाशित गर्न समिति सचिवलाई निर्देशन दिए।

सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो।

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्