महानगरले भत्कायाे भद्रकुमारी घले सेवा सदन
सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो।
काठमाडाैं, साउन ३ : काठमाडौं महानगरपालिकाले काठमाडौं अनामनगरस्थित भद्रकुमारी घले सेवा सदन भत्काएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेको भन्दै महानगरले सो स्थानमा रहेका संरचना भत्काएको हो।
सेवा सदनमा रहेका सामानहरुलाई सुरक्षित साथ भद्रकुमारी घलेको निवासमा पुराइएको महानगरले जनाएको छ भने त्यहाँ रहेका शिक्षा सदनलाई महानगरको शिक्षा विभागले व्यवस्थापन गर्ने काठमाडौं नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। त्यस्तै सोही स्थानमा रहेका अशक्तहरुलाई मानव सेवा आश्रममा राखिने उनले बताए।
यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचित गरेको र खाली नभएपछि बाध्य भएर भवन भत्काउनुपरेको महानगरले जनाएको छ।




प्रकाशित मिति: १४:४० बजे, बुधबार, साउन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

