Kathmandu Press

सिनामंगलको शंकास्पद वस्तु निष्क्रिय, शंकास्पद एकजना पक्राउ

प्रहरी वृत्त गौशालाको टोलीले रौतहटका २८ वर्षीय खजयन्ती पासवानलाई पक्राउ गरेको हो । उनीसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिनामंगलको शंकास्पद वस्तु निष्क्रिय, शंकास्पद एकजना पक्राउ

काठमाडाैं, साउन ३ : सिनामंगलमा सडकपेटीमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु निष्क्रिय गरेको हो।

त्यहाँ विष्फोटक पदार्थ नभेटिएपछि बताइएको छ। अहिले सशस्त्र प्रहरीको टोलीले घटनास्थललाई सुरक्षित गराएको छ।

बुधबार बिहान सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाको टोलीले रौतहटका २८ वर्षीय खजयन्ती पासवानलाई पक्राउ गरेको हो । उनीसँग सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, साउन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्